Rule 19
सूचित बीउ बिजनको बिक्री वितरणका लागि अनुमपतिपत्र

(१) कुनै व्यक्ति वा संस्थाले सूचित बीउ बिजनको बिक्री वितरण सम्बन्धी कारोबार गर्न चाहेमा अनुमतिपत्रको लागि चार सय रुपैयाँ दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–९ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएपछि सम्बन्धित कार्यालयले अनुसूची–१० बमोजिमको ढाँचामा अनुमतिपत्र दिई सो को जानकारी केन्द्रमा पठाउनु पर्नेछ ।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली लागू हुनुभन्दा अघि दर्ता भएका बीउ बिजन व्यवसायीहरू यसै नियमावली बमोजिम दर्ता भएका मानिने छन्